थाइल्याण्डकी स्पिनर बुचाथमले इतिहास रचिन्

डिसी नेपाल
१९ भदौ २०८० १६:२३

काठमाडौं । थाइल्याण्डकी स्पिनर नट्टाया बुचाथमले सोमबार कुवेतविरुद्धको आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटको खेलमा इतिहास रचेकी छिन् । तो खेलमा उनले तीन विकेट लिएकी छिन् ।

बूचाथमले टि-२० अन्तर्राष्ट्रियमा १०० विकेट पूरा गर्न रन दिएर ३ विकेट लिइन् । यससँगै उनी टि-२० अन्तर्राष्ट्रियमा १०० विकेटको कोसेढुंगा पार गर्ने एसोसिएट राष्ट्रबाट महिला वा पुरुष दुवैतर्फ पहिलो खेलाडी बनेकी छिन् ।

थाइल्यान्डको अफ स्पिनर एसिया क्षेत्र छनोटमा अविश्वसनीय फर्ममा छिन् । उनले पछिल्लो तीन खेलमा ५/५, २/२ र ३/३ को अंक दर्ता गरेकी छिन्। एसोसिएट राष्ट्रबाट पुरूषतर्फ कुनै पनि खेलाडीले १०० विकेट लिन सकेका छैनन् ।

पुरुषतर्फ सबैभन्दा धेरै विकेट लिने एसोसिएट खेलाडी नेपालका सन्दिप लामिछाने हुन् । लामिछानेले ८५ विकेट लिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *