नेपाली महिला क्रिकेट टोली युएईसँग प्रतिस्पर्धामा उत्रँदै

डिसी नेपाल
२० भदौ २०८० ७:१७

काठमाडौं। नेपाली महिला क्रिकेट टोलीले आज संयुक्त अरब इमिरेटस (युएई)सँग प्रतिस्पर्धा गर्दैछ। आईसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्न लागेको हो।

सो खेल मलेसियाकाे राजधानी क्वालालम्पुरस्थित खेल मैदानमा हुनेछ। जानकारी अनुसार सो खेल नेपाली समय अनुसार बिहान सवा ७ बजेबाट सुरु हुनेछ। जारी प्रतिस्पर्धामा लगातार चार खेल जितेका दुवै टोली एक खेल अगावै सेमिफाइनलमा स्थान बनाइ सकेका छन्। नेपाल र युएई दुवै राष्ट्रिय टोलीको समान ८ अंक रहेको छ।

तर, युएई नेट रन रेटको आधारमा शीर्ष स्थानमा रहँदा नेपाल भने दोस्रो स्थानमा छ। आजको खेलले समूह विजेता र उपविजेताको टुगो लाग्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *