विश्वकपका लागि भारतीय क्रिकेट टोलीको घोषणा

डिसी नेपाल
२० भदौ २०८० ११:२१

काठमाडौं । भारतमा आजबाट ठीक एक महिना पछि सुरु हुने विश्वकपका लागि भारतीय क्रिकेट टोलीको घोषणा भएको छ ।

आईसीसीले विश्वकपका लागि टोली घोषणा गर्ने समयसीमाको मंगलबार अन्तिम दिन थियो । १५ सदस्यीय भारतीय टोलीको कप्तान रोहित शर्मा र उपकप्तान हार्दिक पाण्डेय हुनेछन् ।

यी बाहेक टोलीमा शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, इशान किशन, केएल राहुल, सूर्यकुमार यादव, रविन्द्र जडेजा, अक्षर पटेल, शार्दुल ठाकुर, जसप्रीत बुमराह, मोहम्मद शामी, मोहम्मद सिराज र कुलदीप यादव छन्।

सञ्जु सैमसन र तिलक वर्माले टोलीमा स्थान पाएका छैनन् । छनोट समितिका अध्यक्ष अजित आगरकर श्रीलंका पुगेका छन् । त्यहाँ उनले भारतीय टोलीका कप्तान रोहित शर्मा र मुख्य प्रशिक्षक राहुल द्रविडसँगको भेटमा यी नामलाई स्वीकृति दिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *