कविता : कर्मको शंखघोष 

शंकरप्रसाद रिजाल
३० भदौ २०८० ७:४७
116
Shares

खियाऔं कर्मका नंग्रा, बिबेक मनमा रहोस्
दयाको पात्र बन्दै, मायाको खानीमा रहोस्।

तिखारौं हातका नंग्रा, काँधमा जो मिलाइकन
पौरखी बल विद्या छन्, तिम्रा नव जीवन।।

टुसाओस प्रेमको आँकुर, दुःखीमाथि दया रहोस्
राष्ट्र र अन्तर्राष्ट्रमा, नाम उँचा सधैं रहोस्।

कीर्ति अर्ति यहीं बस्छन्, राम्रो कर्म गर्यौं भने
श्रीकृष्ण पनि रम्नेछन्, गीता ज्ञान लियो भने।।

कुकर्म गर्ने होइन, बाचुन्जेल कतै पनि
परिएलानी फन्दामा, फेरि नर्कलोकमा पनि।

हेक्का मनमा राखी, जसले गर्छ सुकर्म यो
सफल जीवनको लक्ष्य, बन्छ है सब कामको।।

नंग्रा हुन्जेल गरे काम, परिश्रमको फल मिल्दछ
बाचुन्जेल गरी खाने, ठूलो सफल मिल्दछ।

बिबेक बुद्धिको भारी, सधैं बोकी हिँडौं अब
कर्मको हात खुट्टालाई तन्काउँ सधैं अब।।

सम्पूर्ण कलह क्लेश, त्यागी सबैले जब
मात्र हुन्छ व्यक्तिको सफल जीवन सार्थक।

झगडा लफडा हुन्छ सेवाको कर्ममा सधैं
मिलनको सिन्धुमा डुबौं सुखपूर्ण डुबौं मनै।।

तसर्थ दया माया बिबेक मनमा रहोस्
सबै हाम्रा कर्मका हात सधैं कर्ममा रहोस्।।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *