भारतको दिल्लीमा एक नेपालीको मृत्यु

डिसी नेपाल
२७ भदौ २०८० १७:४७
264
Shares

बैतडी । बैतडीका सुरेन्द्र साउँदको भारतमा मृत्यु भएके छ। रोजगारीको सिलसिलामा भारतको दिल्लीमा रहेका बैतडीको शिवनाथ गाउँपालिका–१ कुँड घर भएका अन्दाजी २८ वर्षीय सुरेन्द्र साउँदको मंगलवार निधन भएको उनका आफन्तसमेत रहेका नेपाली कांग्रेस बैतडीका सहसचिव दशरथ चाडले बताए।

गएको चाररपाँच वर्षदेखि रोजगारीका लागि दिल्लीमा रहेका साउँदको हृदयघातका कारण निधन भएको चाडले बताए। परिवारसहित दिल्लीमा बस्दै आएका साउँदको मृत्यु भएपछि परिवारको विचल्ली भएको छ।

मंगलबार एक्कासी ढलेका साउँदलाई अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। मृतक साउँदका एक छोरी र श्रीमती रहेका छन्। उनीहरू पनि दिल्लीमै रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *