एकदिवसीय वरियतामा शुभमन गिल दोस्रो स्थानमा, पाकिस्तानका बाबर आजम मात्र अगाडि

डिसी नेपाल
२८ भदौ २०८० ११:३९

काठमाडौं । भारतीय टोलीका ओपनर शुभमन गिल आईसीसीको एकदिवसीय वरियतामा दोस्रो स्थानमा उक्लिएका छन् । एकदिवसीय ब्याट्सम्यानको शीर्ष १० मा भारतका विराट कोहली र रोहित शर्मा पनि परेका छन् ।

शुभमन गिल यो वर्ष उत्कृष्ट फर्ममा छन् । उनले सन् २०२३ मा खेलेका १६ ओडिआई खेलमा ६४.५७ को औसतमा ९०४ रन बनाएका छन् ।

यो वर्ष उनले तीन शतक प्रहार गरेका छन् । गिल एसिया कपमा सहभागी टिममा छन् । उनले एसिया कपको सुपर–४ राउण्डमा पाकिस्तानविरुद्ध ५८ रन बनाएका थिए । तर, श्रीलंकाविरुद्धको खेलमा उनले १९ रन मात्रै बनाउन सके ।

पाकिस्तानविरुद्ध १२२ रनको अविजित इनिङ खेलेका विराट कोहली एकदिवसीय ब्याट्सम्यानको पछिल्लो वरीयतामा आठौं नम्बरमा छन् ।

जबकि भारतीय टोलीका कप्तान रोहित शर्मा ९ नम्बरमा छन् । रोहित शर्माले पाकिस्तान र श्रीलंकाविरुद्ध अर्धशतक बनाएका थिए ।

एकदिवसीय ब्याट्सम्यानको वरीयतामा पाकिस्तानका बाबर आजम पहिलो स्थानमा छन् ।

एकदिवसीय बलरमा भारतका कुलदीप यादव सातौं र मोहम्मद सिराज नवौं स्थानमा छन् । अष्ट्रेलियाका जोस हेजलउड पहिलो नम्बरमा छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *