एकीकृत समाजवादीमा २१ जना केन्द्रीय सदस्य मनोनीत

डिसी नेपाल
२८ भदौ २०८० १६:१५
40
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीले २१ जनालाई केन्द्रीय सदस्य मनोनीत गरेको छ । यही ५ देखि ७ भदौसम्म चलेको केन्द्रीय कमिटीको बैठकको निर्णयानुसार उनीहरुलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो ।

केन्द्रीय सदस्यमा मनोनीत हुनेहरुमा अजबहादुर मल्ल, ओमचरण अमात्य, गौतम राई, गोविन्द चेपाङ, चन्द्रा श्रेष्ठ, चिरञ्जीवी भट्टराई, जयप्रकाश यादव, दिपक केसी, धनबहादुर कार्की, धर्म शाही, नन्द बञ्जाडे, बरुनाथ योगी, बैकुण्ठ भुसाल, भक्तिमान सुब्बा, मिना लामा, रामप्रसाद ढुंगाना, लंक हमाल, शालिकराम भट्टराई, शिवकुमारी खनाल, शैलेन्द्र उपाध्याय र सुदेश पराजुली रहेका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *