हेटौंडामा चिकित्सकमाथि कुटपिट गर्ने चार जना पक्राउ

डिसी नेपाल
२८ भदौ २०८० १९:३७
108
Shares

काठमाडौं । हेटौंडामा डाक्टरमाथि कुटपिट घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

हेटौंडा उपमहानगरपालिका–१ स्थित सन्चो अस्पतालभित्र पसेर चिकित्सकमाथि कुटपिट गरेको अभियोगमा प्रहरीले रमा प्रधान, रोहित प्रधान, रमिता प्रधान र अनुप प्रधानलाई बिहीबार पक्राउ गरिएको जनाएको छ।

एक महिनाअघि डेंगु सङ्क्रमित हेटौंडा–१२ का ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरबाही भएको भन्दै बिरामीका आफन्तसहितको समूहले अस्पतालमै आएर बुधबार दिउँसो चिकित्सकहरू विकास थापा र प्रशान्त विडारीमाथि कुटपिट गरेका थिए। डेंगु सङ्क्रमित प्रधानको चितवनस्थित चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको थियो।

पीडितले दिएको निवेदनको आधारमा उनीहरूलाई पक्राउ गरिएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *