एशिया कप : सुपर फोरको अन्तिम खेलमा भारत र बंगलादेश भिड्दै

डिसी नेपाल
२९ भदौ २०८० ७:२८
580
Shares

काठमाडौं। एशिया कपको सुपर फोर अन्तर्गतको अन्तिम खेलमा आज भारत र बंगलादेशबीच खेल हुँदै छ। श्रीलंकाको आर प्रेमदासा स्टेडियममा यो खेल अपराहन्न ३ः १५ बजेदेखि शुरु हुँदै छ।

प्राविधिक रुपमा यस खेलको नतिजाले कुनै असर भने गर्ने छैन। किनकी भारत यसअघि नै एशिया कपको फाइनलमा पुगिसकेको छ भने बंगलादेश एशिया कपको फाइनलको दौडबाट यसअघि नै बाहिरिइसकेको छ।

बंगलादेशले यसअघि खेलेको पाकिस्तान र श्रीलंकासँग हार बेहोरेको थियो भने भारतले पाकिस्तान र श्रीलंकादुवैलाई पराजित गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *