घाइते खेलाडी विश्वकपमा खेल्न सक्ने अवस्थाबारे पाकिस्तानी कप्तान बाबर आजमले जानकारी दिए

डिसी नेपाल
३० भदौ २०८० १०:४४

काठमाडौं । विश्वकप २०२३ अघि पाकिस्तानी क्रिकेट टोलीका कप्तान बाबर आजमले फास्ट बलर नसीम शाह र हरिस रउफले प्रतियोगितामा खेल्न सक्ने अवस्थाबारे बताएका छन् ।

वास्तवमा नसिम र हरिस एसिया कप २०२३ को खेलमा घाइते भएका थिए । त्यसयता दुवै बलर विश्वकप सुरु हुने बेलामा मैदानमा फर्कने कि नफर्कने भन्ने चर्चा बढेको छ ।

बाबर आजमलाई अक्टोबर ६ मा नेदरल्यान्ड्ससँगको खेलमा यी दुई खेलाडी खेल्न सक्छन् को सक्दैनन् भनेर सोधिएको थियो ।

यसको जवाफमा उनले भने, ‘प्लान बीमा म अहिले नै केही भन्न सक्दिनँ । तर, हरिस रउफको अवस्था ठीक छ, उनलाई सामान्य चोट लागेको छ । उनी विश्वकपअघि निको हुनेछन् । नसिम शाह पनि… मलाई अझै निको भएको थाहा छैन। मेरो विचारमा, उनी विश्वकपका खेलहरूमा पनि हामीसँग हुनेछन् … तर के हुन्छ त्यो हेर्न बाँकी छ।’

पाकिस्तानसँग प्रतियोगिताका लागि टोलीको नाम आइसीसीमा बुझाउन सेप्टेम्बर २८ सम्मको समय छ ।

विश्वकप २०२३ अक्टोबर ५ बाट सुरु हुनेछ । प्रतियोगिताको पहिलो खेल इङ्ल्यान्ड र न्युजिल्याण्डबीच हुनेछ । पाकिस्तानको पहिलो खेल ६ अक्टोबरमा नेदरल्याण्ड्ससँग हुनेछ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *