चौथो संस्करणको पथरीशनिश्चरे प्रिमियर क्रिकेट लिग कात्तिक १० बाट
पथरी। चौथो संस्करणको पथरीशनिश्चरे प्रिमियर क्रिकेट लिग कार्तिक १० बाट हुने भएको छ। लिग आयोजक पथरीशनिश्चरे प्रिमियर लिग समितीले शनिवार पत्रकार सम्मेलन गर्दै प्रतियोगीताका वारेमा जानकारी दिएको हो। प्रस्तावित पथरी रंगशालामा हुने प्रतियोगीता १४ दिन सम्म सन्चालन हुने छ।
प्रतियोगीतामा ७ विभिन्न फ्रेन्चाइज क्लबले सहभागीता जनाउने छन्। असोज ६ गते हुने अक्सनमा ७ क्लबले कम्तीमा १४ खेलाडी अनुबन्धन गर्न पाउने आयोजकका सचिव राकेश राईले पत्रकार सम्मेलनमा जानकारी दिए।
यस पटक बाट पथरीशनिश्चरे नगर वाहिरका खेलाडी लाई समेत क्लबले अनुवन्धन गर्न पाउने छन् । एक क्लबले ४ जना खेलाडी अनुबन्धन गर्ने छन भने २ खेलाडीलाई ‘प्लेइङ्ग एलाभेन’मा समेटन सक्ने छन्।

प्रतियोगीताको विजेताले ट्रफि सहित नगद १लाख ३१ हजार १ सय ११ प्राप्त गर्ने छन् भने दोश्रो हुने क्लबले ७१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्ने छन्। ७ क्लब मध्ये अघिल्लाे संस्करणमा सहभागी ४ क्लबले खेलाडी रिर्टन गरेका छन् भने नव प्रवेशी गोर्खा लिजेन्डसले २ खेलाडीलाई मार्की खेलाडीका रुपमा अनुवन्धन गरेका छन्। २ क्लबले भने कुनै खेलाडीलाई रिटर्न नगरेको आयोजकका अध्यक्ष विरोज मगरले जानकारी दिए।
सातवाघले अनिस लुइटेल र आस्विन महतलाई रिर्टन गरेको छ भने वुद्ध युनाइटेडले राकेश राई,क्लासिक इलाभेन हसदन्हले सुजन खत्री र संन्जीव धिमाल र आइतवारे अस्त्रले आर्दश कार्कीलाई रिर्टन गरेको छ। नयाँ क्लब गोर्खा लिजेन्डसले आभाष पाहिम र योगेश श्रेष्ठलाई मार्कीका रुपमा अनुबन्धन गरेको छ।
प्रतियोगीताको अक्सनका लागी २३२ खेलाडी दर्ता भएका छन्। विभिन्न ३ ‘क्याटोगरी’ अन्तरगत ति खेलाडी दर्ता भएका हुन्। आयोजकले अक्सनका लागी प्रकाशित गरेको खेलाडी ‘ड्राफ्ट’मा ५१ जना खेलाडी ‘ए क्याटोगरी’मा दर्ता भएका छन्।
३३ जना ‘वि’ मा र १४९ जना ‘सि क्याटोगरी’मा दर्ता भएका छन् । ‘क्याटोगरी ए’ मा दर्ता भएका खेलाडीको ३ हजार ‘वेस प्राइज’ तोकिएको छ भने ‘वि’ को २हजार र ‘सि’ को १ हजार ‘वेस प्राइज’ तोकिएको छ । प्रत्येक टिमका लागी ५० हजार रुपयाँ ‘वालेट’ राखिएको छ।

यस वर्ष हुने प्रतियोगीताको अक्सन ड्राफ्टमा उमेर समुह वाट अन्तराष्ट्रिय प्रतियोगीतामा सहभागीता जनाएका दिपेश कडेल देखी प्रदेशको टोली वाट विभिन्न प्रतियोगीतामा सहभागीता जनाएका खेलाडी समेटीएका छन् ।
यस पटक सवैभन्दा कम ९ वर्षका सौरब वस्नेत अक्सनको लिष्टमा समेटिएका छन भने ४५ वर्षका खेलाडी राज वस्नेतको समेत नाम अक्सनको ड्राफ्टमा समेटिएको छ ।
स्थानीय क्रिकेट खेलाडीको उत्पादन गर्न र क्रिकेट प्रतिभा पहिचान गर्न चौथो संस्करणको क्रिकेट लिग प्रतियोगीता आयोजना गरिन लागेको हो।
प्रतियोगीता सम्पन्न गर्न करिव १० लाख लागत लाग्ने आयोजकले जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment