एसिया कपमा भारतलाई शानदार जित दिलाएका मोहम्मद सिराजको खेल यात्रा

डिसी नेपाल
१ असोज २०८० १२:०१

काठमाडौं । एसिया कप २०२३ को उपाधि भारतले जितेको छ । कपको फाइनल खेलमा जितको श्रेय फास्ट बलर मोहम्मद सिराजलाई दिइएको छ ।

भारतका लागि मोहम्मद सिराजले खेलमा ६ विकेट लिए । उनले ‘प्लेयर अफ द म्याच’को उपाधि पनि जितेका छन् । तर सिराजको यहाँसम्म पुग्ने र भारतीय क्रिकेट टोलीको हिस्सा बन्नेसम्मको यात्रा संघर्षले भरिएको छ ।’

सन् १९९४ मा जन्मिएका सिराजका पिता मोहम्मद घौस अटो चालक थिए । परिवारको आम्दानी सीमित थियो, त्यसैले सिराजले कुनै पनि क्रिकेट एकेडेमी जाने मौका पाएनन्।

टेनिस बलबाट लगातार बलिङ गर्दै उनले क्रिकेटको कला सिके । सुरुमा ब्याटिङमा बढी रुचि भए पनि पछि उनी बलिङमा केन्द्रित भए ।

सन् २०१५ मा हैदरावादको रणजी टिममा स्थान बनाउन सफल भए । पहिलो सिजनमै उनले उत्कृष्ट बलिङले सबैको ध्यान तानेका थिए ।

२०१७ उनको करियरको टर्निङ प्वाइन्ट थियो। २०१७ आईपीएल लिलामीमा सनराइजर्स हैदरावाद र रोयल च्यालेन्जर्स बैंगलोर बीच उनलाई आफ्नो टोलीमा समावेश गर्न प्रतिस्पर्धा थियो।

यो प्रतिस्पर्धाको नतिजा आउँदा उनले आफ्नो बेस मूल्य भन्दा १३ गुणा बढी मूल्य पाए। उनको बेस मूल्य २० लाख रुपैयाँ थियो । उनलाई सनराइजर्स हैदरावादले २.६ करोडमा किनेको थियो ।

त्यसपछि उनले न्यूजिल्याण्डविरुद्धको टी–२० टोलीमा मौका पाए । त्यसपछि २०१९ मा उनले अष्ट्रेलिया विरुद्ध एकदिवसीय डेब्यू गरे र अर्को वर्ष २०२० मा उनले अस्ट्रेलिया विरुद्ध आफ्नो टेस्ट डेब्यू गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *