यस्ताे छ आजको मौसम?
काठमाडौं। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल लुम्बिनी प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ भने बांकी प्रदेशमा आंशिक बदली देखि सामान्यतया सफा रहेको छ ।
दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी , लुम्बिनी र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनर चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राति भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशको एक(दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशको एक दुई स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ।
कोशी, बागमती, गण्डकी , लुम्बिनी र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशको एक दुई स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ।
वर्षाका कारण त्यस क्षेत्रहरूबाट बहने नदीको जल सतह हल्का बढ्न सक्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू(क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम रहने महाशाखाले जनाएको छ।







डिसी नेपाल







Facebook Comment