शिक्षकहरुको आन्दोलनका कारण उपत्यकाको सवारी आवागमन अस्तव्यस्त(भिडियोसहित)

डिसी नेपाल
४ असोज २०८० १४:००

काठमाडौं । बिभिन्न माग राख्दै शिक्षकहरुले गरेको आन्दोलनका कारण उपत्यकाको सवारी आवागमन अस्तव्यस्त भएको छ । काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म भेला भएका शिक्षक र कर्मचारीको आन्दोलनका कारण काठमाडौँको मुख्य क्षेत्रको सवारी आवागमन अस्तव्यस्त भएको हो ।

आन्दोलनका कारण सो क्षेत्रमा यातायात ठप्प बनेको छ भने बैंकल्पीक सडकहरुमा समेत सवारी साधनको लामो जाम भएको छ ।

यसअघि शिक्षक महासंघको नेतृत्वले आन्दोलनको रुट व्यवस्थापन लागि गृहमन्त्रीसंग आग्रह गरेको थियो । तर व्यस्त सडक खण्ड माइतीघरदेखि बानेश्वर क्षेत्रमा नै आन्दोलन भएपछि सवारी आवागमन अस्तव्यस्त हुन पुगेको हो ।

हेर्नुहोस् भिडियो:




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *