एसियाली खेलकुदका लागि अरुणाचल प्रदेशका खेलाडीलाई चीनले भिसा दिएन

डिसी नेपाल
६ असोज २०८० ११:१९

काठमाडौं । चीनले १९ औं एसियाली खेलकुदका लागि अरुणाचल प्रदेशका खेलाडीलाई भिसा दिन अस्वीकार गरेको छ ।

भारतको परराष्ट्र मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले जाति वा क्षेत्रका आधारमा भारतीय नागरिकलाई हुने भेदभावपूर्ण व्यवहारलाई भारतले कडा रूपमा अस्वीकार गरेको र लामो समयदेखि यो अडान रहेको बताए।

बागचीले भने, ‘हामीले हाम्रा केही खेलाडीलाई लिएर चीनले जानाजानी र छनोटमा गरेको अवरोधको कडा विरोध गरेका छौं ।’ केन्द्रीय मन्त्री किरण रिजिजुले पनि ट्वीट गर्दै चीनको यो कदमको निन्दा गरेका छन् ।

उनले ट्विट गर्दै भनेका छन्, “चीनले अरुणाचल प्रदेशका हाम्रा उसु खेलाडीहरूलाई हङ्जाओमा हुन लागेको एसियाली खेलकुदमा सहभागी हुन भिसा दिएको छैन, म यसको घोर भर्त्सना गर्दछु।”

१९ औँ एसियाली खेलकुद चीनको हाङ्झाउमा भइरहेको छ जसमा अरुणाचल प्रदेशबाट आएका भारतीय खेलाडीलाई चीनले प्रवेश दिन अस्वीकार गरेको छ ।

अरुणाचल प्रदेशका खेलाडीहरु जसलाई प्रवेश निषेध गरिएको छ उनीहरु उसुका खेलाडी हुन् ।

उनीहरुले आयोजक राष्ट्र चीनबाट क्लियरिङ पाएका छैनन् । भारतले यसलाई एसियाली खेलकुदको भावनाको उल्लङ्घन भएको बताएको छ ।

चीनले अरुणाचल प्रदेशमाथि दाबी गर्दै आएको छ । हालै चीनले नयाँ नक्सा जारी गरेको थियो, जसमा अरुणाचल प्रदेशलाई फेरि चिनियाँ सीमामा देखाइएको थियो।

चीनको दाबीलाई भारतले अस्वीकार गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *