विश्वकप क्रिकेटमा जित्ने टोलीले कति पाउँछ ?

डिसी नेपाल
६ असोज २०८० ११:२०

काठमाडौं । विश्वकप क्रिकेटमा जित्ने टोलीले कति पाउँछ ? अन्तर्राष्ट्रिय क्रिकेट परिषद् अर्थात आईसीसीले यसबारे जानकारी दिएको छ ।

आईसीसीले विजेता टोली र अन्य टोलीलाई दिइने पुरस्कार राशि घोषणा गरेको छ ।

आईसीसीले जारी गरेको विज्ञप्ति अनुसार विजेता टोलीलाई ट्रफीसँगै ४० लाख डलर दिइनेछ ।

यस बाहेक उपविजेता टोलीका लागि २० लाख डलर विनियोजन गरिएको छ ।

त्यसैगरी प्रतियोगिताको सेमिफाइनलमा पराजित भएका दुई टोलीलाई आठ–आठ लाख डलर दिइनेछ ।

समूह चरणबाट बाहिरिने प्रत्येक छ टोलीलाई एक लाख डलर दिइनेछ ।

समूह चरणको प्रत्येक खेलमा विजेता टोलीलाई ४० हजार डलर पुरस्कार दिइनेछ ।

यस प्रतियोगितामा कुल एक करोड डलर पुरस्कार वितरण गरिने छ ।

१३ औँ संस्करणको क्रिकेट विश्वकपको प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । यस प्रतियोगिताको फाइनल खेल अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ ।

भारत आईसीसी क्रिकेट विश्वकप २०२३ को आयोजना गर्न तयार छ ।

४६ दिनसम्म चल्ने यस प्रतियोगितामा विश्वका १० देशको सहभागिता रहेको छ ।

अक्टोबर ५ देखि सुरु हुन लागेको यस प्रतियोगिताको फाइनल खेल १९ नोभेम्बरमा अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ ।

आयोजक भारतले आफ्नो पहिलो खेल अक्टोबर ८ मा अष्ट्रेलियासँग चेन्नईमा खेल्नेछ ।

४६ दिनसम्म चल्ने प्रतियोगिताका लागि १० सहरका रंगशाला छनोट गरिएको छ ।

यी स्टेडियमहरू यी ९ राज्यहरू आन्ध्र प्रदेश, गुजरात, हिमाचल प्रदेश, दिल्ली, तमिलनाडु, उत्तर प्रदेश, महाराष्ट्र, कर्नाटक र पश्चिम बंगालमा छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *