एसियाली खेलकुद : महिला क्रिकेटको उपाधि भारतलाई

डिसी नेपाल
८ असोज २०८० १६:०८

काठमाडौं । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा भारतले महिला क्रिकेटको उपाधि हात पारेको छ । सोमबार भएको फाइनल खेलमा भारतले श्रीलंकालाई १९ रनले पराजित गर्दै उपाधि हात पारेको हो ।

टस जितेर पहिले ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११६ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको श्रीलंकाले पूरा ओभर खेल्दै ८ विकेट गुमाएर ९७ रनमात्र बनायो ।

महिला क्रिकेटको तेस्रो स्थान भने बंगलादेशले सुरक्षित गरेको छ । सोमबार नै तेस्रो स्थानका लागि भएको खेलमा बंगलादेशले पाकिस्तानलाई ५ विकेटले पराजित गरेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *