एसियाली खेलकुदका लागि सन्दीप लामिछाने र सागर ढकाल चीन प्रस्थान

डिसी नेपाल
९ असोज २०८० १२:३२

काठमाडौं । नेपाली क्रिकेट टोलीका खेलाडीहरू सन्दीप लामिछाने र सागर ढकाल एसियाली खेलकुदका लागि चीन प्रस्थान गरेका छन् । उनीहरू आज मध्यान्ह १२ बजेको उडानमा चीन गएका हुन् ।

एसियाडका लागि नेपाली टोली चीन गइसकेको छ । तर, सन्दीप मुद्दाका कारण रोकिएका थिए । मुद्दाको सुनुवाइ तत्काल नहुने भएपछि उनी चीन जान लागेका हुन् । एसियाडमा नेपालले समूह चरणको पहिलो खेल बुधबार मंगोलियाविरुद्ध खेल्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *