साफ यू-१९ च्याम्पियनसिप : नेपाललाई हराउँदै भारत फाइनलमा

डिसी नेपाल
१० असोज २०८० २०:२२

काठमाडौं । साफ यू–१९ च्याम्पियनसिपको सेमिफाईनलमा नेपाललाई हराउँदै भारत फाइनलमा पुगेको छ । दशरथ रंगशालामा भएको दोस्रो सेमिफाइनलमा पेनाल्टी सुटआउटमा नेपाललाई ३–२ गोल अन्तरले पराजित गर्दै भारत प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।

निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो । खेलमा अग्रता भारतले २६ औं मिनेटमा शाहिल खुर्सिदको गोलबाट लिएको थियो । पहिलो हाफमा भारत १–० ले अघि बढेको थियो । दोस्रो हाफमा नेपाल समिर तामाङको गोलबाट खेलमा फर्किएको थियो । खेलको ७३ औं मिनेटमा समिरले गोल गर्दै नेपाललाई खेलमा फर्काएका थिए ।

भारतले उपाधिकालागि पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । पहिलो सेमिफाइनलमा भुटानलाई सडनडेथमा हराउँदै पाकिस्तान फाइनल प्रवेश गरिसकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *