देशमा धार्मिक र साम्प्रदायिक सद्भाव खल्बलिन लागेको माओवादीको निष्कर्ष

डिसी नेपाल
११ असोज २०८० १४:२३

काठमाडौं। सरकार नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रले देशमा धार्मिक र साम्प्रदायिक सद्भाव खल्बलिन लागेको निष्कर्ष निकालेको छ ।

बिहीबार कोटेश्वर पेरिसडाँडास्थित पार्टी मुख्यालयमा बसेको पदाधिकारी बैठकले देशमा धार्मिक र साम्प्रदायिक सद्भाव खल्बलिन थालेको निष्कर्ष निकालेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

उनका अनुसार बैठकले देशमा धार्मिक र साम्प्रदायिक सद्भाव खल्बलिन थालेकाले सबै सचेत हुनुपर्ने पनि निष्कर्ष निकालेको छ ।

देशमा धार्मिक र र साम्प्रदायिक सद्भाव खल्बल्याउने गरी अराजकता फैलिन लागेकाले बेलैमा गम्भीर भएर समाधान गर्नुपर्नेमा बैडकले जोड दिएको उनको भनाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *