श्रीलंकाली क्रिकेटर दानुष्का गुणतिलकालाई बलात्कार मुद्दामा सफाइ

डिसी नेपाल
११ असोज २०८० १४:४१

काठमाडौं । अष्ट्रेलियामा भएको टी–२० विश्वकपको क्रममा महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका श्रीलंकाली क्रिकेटर दानुष्का गुणतिलकालाई अदालतले सफाइ दिएको छ ।

३२ वर्षीया दानुष्का गुणतिलकामाथि गत वर्ष नोभेम्बरमा टिन्डर डेटमा एक महिलालाई आफ्नै घरमा यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो ।

सुरुमा उनले धेरै आरोपको सामना गरे तर पछि सुनुवाइ केवल स्टिलिङको आरोपमा भएको थियो। उनीमाथि महिलालाई जानकारी नदिई यौनसम्पर्क गर्दा कण्डम निकालेको आरोप लागेको थियो ।

अष्ट्रेलियाको न्यु साउथ वेल्स जिल्ला अदालतमा चार दिने सुनुवाइको क्रममा उजुरी गर्ने महिलाले आफूले क्रिकेटरसँग सुरक्षित सम्बन्ध राख्नको लागि सहमति दिएको स्वीकार गरिन् ।

महिलाले दानुष्काले जबरजस्ती चुम्बन गरेको जसले गर्दा उनी निसास्सिन थालेको र आफ्नो ज्यान खतरामा परेको पनि महसुस भएको आरोप लगाएकी थिइन् ।

तर, दानुष्काले आफूमाथि लागेका यी आरोप अस्वीकार गरेका छन् । उनका वकिलले अदालतमा दिएको आफ्नो तर्कमा महिलाले समय समयमा आफ्नो कथा परिवर्तन गरेको बताए ।

अदालतले दानुष्काले प्रहरीलाई साँचो बयान दिएको स्वीकार गरेको छ । सोही क्रममा उजुरीकर्ताले आफ्नो बयानमा दुई किसिमका कुरा बताएकी थिइन् ।

श्रीलंकाका लागि ८ टेस्ट सहित १०० खेल खेलेका दानुष्का गुणतिलकालाई पक्राउ गरेपछि टोलीबाट निलम्बन गरिएको थियो ।

अदालतबाहिर उनले भने, “यो फैसलाले सबै कुरा बताउँछ। मेरो जीवन फेरि सामान्य हुनेमा म खुसी छु। अब म फेरि क्रिकेट खेल्ने प्रतीक्षा गर्न सक्दिन।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *