अफगानिस्तानका स्टार क्रिकेटरले २४ वर्षको उमेरमै सन्यास घोषणा गरे

डिसी नेपाल
११ असोज २०८० १६:०१

काठमाडौं । अफगानिस्तानका तिब्र गतिका बलर नवीन उल हकले भारतमा हुने विश्वकपपछि एकदिवसीय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् ।

सन् २०१६ मा अन्तर्राष्ट्रिय क्रिकेटमा प्रवेश गरेका नवीन उल हकले सात ओडीआई खेल खेलेका छन् र २५.४२ को औसतमा १४ विकेट लिएका छन् ।

उनले टी–२० ढाँचाका लागि खेल्न जारी राख्नेछन् । उनले यस फर्म्याटमा अहिलेसम्म २७ खेल खेलिसकेका छन् ।

२४ वर्षीय नवीनले सामाजिक सञ्जालमा आफ्नो सन्यासको जानकारी दिएका छन् ।

उनले लेखेका छन् कि यो कुनै ‘सजिलो निर्णय’ थिएन, तर उनले आफ्नो ‘खेल करियरलाई लामो बनाउन’ यो निर्णय लिएका थिए।

उनले भने, ‘मेरो देशको प्रतिनिधित्व गर्न पाउनु सम्मानको कुरा हो र म यो विश्वकपपछि एकदिवसीय ढाँचाबाट सन्यासको घोषणा गर्छु । म आफ्नो देशका लागि टी-२० क्रिकेट खेलिरहनेछु।’

“मेरो खेलकुद करियरलाई लम्ब्याउन मैले यो निर्णय लिनुपरेको हो, यो निर्णय लिन सजिलो थिएन।”

यस महिनाको सुरुमा, नवीनलाई विश्वकपका लागि अफगानिस्तानको १५ सदस्यीय टोलीमा छनोट गरिएको थियो। उनी दुई वर्षभन्दा बढीमा पहिलो पटक एकदिवसीय टोलीमा समावेश भएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *