एसियाली खेलकुद : नेपालको पब्जी टोली दोस्रो चरणमा

डिसी नेपाल
११ असोज २०८० १९:२०
148
Shares

हाङझाउ । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत ई स्पोर्टस् विधामा पब्जी मोबाइलको पिस एलिट प्रतिस्पर्धामा नेपाली टोली दोस्रो चरणमा पुगेको छ । हाङझाउ स्पोर्टस् सेन्टरमा आज भएको समूह ‘सी’ को पहिलो चरणमा नेपाल दोस्रो स्थान हासिल गर्दै दोस्रो चरणमा प्रवेश गर्न सफल भएको हो ।

नेपाल सम्मिलित समूह सी मा मङ्गोलिया, दक्षिण कोरिया र भियतनाम रहेका छन् । दक्षिण कोरिया उक्त समूको शीर्ष स्थामा तथा नेपाल दोस्रो स्थानमा रह्यो । पब्जी स्पर्धामा नेपालको ५२ मिनेट २० दशमलव २८ सेकेन्ड तथा दक्षिण कोरियाको ४७ मिनेट २८ दशमलव ४६ सेकेन्डको समय रहेको थियो। योसँगै नेपाल क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

सब्जीमा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । नेपालले दोस्रो चरणमा शुक्रबार प्रतिस्पर्धा गर्नेछ। दोस्रो चरणबाट उत्कृष्ट आठ टोली तेस्रो चरणमा प्रवेश गर्ने छन्। यसअघि समूह ‘ए’ बाट हङकङ, समूह ‘बी’ बाट चाइनिज ताइपेई तथा समूह ‘डी’बाट इन्डोनेसिया दोस्रो चरणमा प्रवेश गरिसकेका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *