अश्लिल हर्कत गरेको आरोपमा रौतहटमा डेढ दर्जन टिकटकर पक्राउ

डिसी नेपाल
१३ असोज २०८० १७:२०
856
Shares

रौतहट । होहल्ला गरेको आरोपमा  प्रहरीले डेढ दर्जन टिकटक स्टारलाई नियन्त्रणमा लिई हिरासतमा राखेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख महेन्द्र कुमार श्रेष्ठले दिएको जानकारी अनुसार सिया पैलेस होटेल, गौरमा मदिरा सेवन गरि हो हल्ला तथा अभद्र व्यवहार गरेको आरोपमा टिकटकरहरू पक्राउ परेका हुन । सो घटनाका बारेमा वास्तविकता छानबिन भई रहेको प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।

पक्राउ पर्नेमा गरुडा नगरपालिका वडा नम्बर १  जयनगरका राजकुमार साहसहितका टिकटकर रहेका छन ।  पक्राउ गरिएका सबै दोषि नरहेको र घटना बारे थप अनुसन्धान भई रहेको प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।

सिया पैलेस होटलमा बसेका महिला डाक्टरको कोठा ढक्कयाई खोल्न लगाउने तथा अभद्र व्यवहार गरेको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिइएको हो। राति १२ बजेसम्म तलको हलमा अश्लील नृत्य तथा होहल्ला भई रहेको सुचना स्थानीय प्रशासनले पाएपछि प्रहरी पुगेका थिए ।

प्रहरी पुग्न साथ अन्दाजी डेढ सय भन्दा बढीको संख्यामा रहेका दर्शक भागेका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *