नरिवलको तेलसंग यी कुरा मिलाएर अनुहारमा लगाउनुहोस्, ७ दिनमै हट्नेछ चाउरीपन
काठमाडौं। जो कोही पनि सधैं जवान रहन चाहन्छ। बढ्दो उमेरसँगै अनुहारमा देखा पर्ने झुर्रियाँ, पिग्मेन्टेसन र फाइन लाइनहरूले धेरैलाई तनाव दिने गर्दछ। उमेर बढ्दै जाँदा छाला पनि खुकुलो हुन थाल्छ । यसका लागि हामीले आफ्नो छालाको हेरचाह गर्न जरुरी हुन्छ।
यदि तपाइँले छालाको उचित हेरचाह गर्नुहुन्छ भने तपाइँले सजिलैसंग बुढ्यौलीका लक्षणहरुलाई नियन्त्रण गर्न सक्नुहुन्छ। आज हामी केही यस्ता घरेलु उपायहरू बारे जानकारी दिनेछौं जसले तपाईको चाउरीपनलाई दुर भगाउन मद्दत गर्नेछ।
चाउरीपनबाट कसरी छुटकारा पाउने?:
अनुहारमा आउने दाग चाउरीपनाले हाम्रो सम्पूर्ण लुक नै बिगार्छ। मानिसहरुले यसलाई मेकअपले लुकाउने प्रयास पनि गर्छन् । जब तपाइँले छालाको उचित हेरचाह गर्नुहुन्छ भने यसको प्रभाव कम गर्न सक्नुहुन्छ। एउटा यस्तो अचम्मको रेसिपी जसले तपाईंको कालो दाग चाउरीपनालाई १ हप्तामा कम गर्न मद्दत गर्दछ।
नरिवल तेल र बेसारः नरिवलको तेल र बेसार दुवै औषधीय गुणका लागि चिनिन्छन्। बेसारमा एन्टी फङ्गल र एन्टिब्याक्टेरियल तत्व पाइन्छ जसले छालाको धेरै प्रकारको समस्यालाई हटाउन फाइदाजनक हुन्छ ।
नरिवलको तेलमा पाइने तत्व छालाका लागि पनि निकै फाइदाजनक हुन्छ । यदि तपाईको अनुहारमा दाग छ भने एक चम्चा नरिवलको तेलमा एक चिम्टी बेसार मिसाउनुहोस् । र राती सुत्नुअघि अनुहारमा लगाउनुहोस् र छोड्नुहोस्। यो उपाय एक हप्तासम्म हरेक दिन गरेपछि तपाईले स्वतः फरक देख्न थाल्नुहुन्छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment