स्राेत नखुलेकाे १० लाख भारतीय रुपैयाँसहित तीन जना नियन्त्रणमा
काठमाडाैं। रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका-१ डण्डाबाट सशस्त्र प्रहरीले १० लाख भारतीय रुपैयाँसहित तीन जनालाई नियन्त्रणमा लिएको छ।
उनीहरू भारतको महाराजगंज जिल्ला सुनौली ग्रामपंचायत २० सुनौली बस्ने ३८ वर्षीय राजु कौशल, गोरखपुर जिल्ला हमायुपुर दक्षिण गोरखपुर बस्ने ४० वर्षीय अभिनव जैसवाल र ३४ वर्षीय आस्तिक त्रिपाठी रहेको सशस्त्र प्रहरी बल नेपालका सह प्रबक्ता डिएसपी शैलेन्द्र थापाले जानाकारी दिए।
विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डाले बेलहियाबाट भैरहवातर्फ आउँदै गरेको लु २ च ७३५० र प्रदेश ०१-०२६ च ३६५२ नम्बरको भ्यानमा सवार उनीहरुको साथमा फेला परेको उल्लेखित रुपैयाँको स्राेत खुलाउन नसकेपछि नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएकाे छ।
नियन्त्रणमा लिएका राजु कौशलको साथमा ९ लाख रुपैयाँ तथा अभिनव जैसवाल र आस्तिक त्रिपाठीको साथमा १ लाख रुपैयाँ फेला परेको डिएसपी थापाले बताए। पक्राउ परेका तीनै जनालाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय भैरहवामा बुझाइएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment