कुमारी बैंकलाई ५ अर्ब रुपैयाँको ऋणपत्र बिक्री अनुमति
काठमाडौं। कुमारी बैंकले ५ अर्ब रुपैयाँको ५० लाख इकाई ऋणपत्र बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ।
बोर्डले प्रति इकाई १ हजार रुपैयाँको दरले ऋणपत्र बिक्री गर्न लागेको हो। उक्त ऋणपत्रमध्ये २० लाख इकाई सर्वसाधारणका लागि निष्कासन हुनेछ भने ३० लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ।
कुमारी बैंकले १० वर्ष अवधि भएको ‘केबीएलएम डिबेन्चर २०९०’ बिक्री गर्न लागेको हो । यसमा वार्षिक १०% ब्याज प्रदान हुनेछ। यस ऋणपत्रमा नबिल इन्भेष्टमेन्ट बैंकिङले बिक्री प्रबन्धकको काम गर्नेछ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment