चट्याङ लागेर कञ्चनपुरमा आमा–छोरी घाइते
कञ्चनपुर । चट्याङ लागेर कञ्चनपुरमा आमा–छोरी घाइते भएका छन्।
जिल्लाको बेलौरी नगरपालिका–२ टेडुवाकी ५५ वर्षीया फुतिया चौधरी र उनकी २१ वर्षीया छोरी पुष्पा चौधरी चट्याङ लागेर घाइते भएका हुन। घाइते दुबै आमा छोरीको धनगढीस्थित निसर्ग हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
आज (सोमबार) खेतमा काम गरिरहेको अवस्थामा चट्याङ लागेर दुबै आमा–छोरी घाइते भएको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment