कमला नदीमा डाइभर्सन निर्माण गरिने
राजविराज । मधेस प्रदेशका भौतिक पूर्वाधारमन्त्री कृष्णप्रसाद यादवले हुलाकी राजमार्गअन्तर्गत कमला नदीमा तत्काल डाइभर्सन निर्माण गरी सञ्चालनमा ल्याइने बताएका छन् ।
राजविराजस्थित पूर्वाधार विकास कार्यालय सप्तरीको आज उद्घाटन गर्दै मन्त्री यादवले हुलाकी राजमार्ग हुँदै प्रदेश राजधानी जनकपुर पुग्न तत्काल डाइभर्सन निर्माण गरिने बताए ।
मधेश प्रदेशका भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री गोविन्दबहादुर न्यौपानेले मधेस प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउन विशेष योजना सार्वजनिक गर्ने तयारीमा आफू लागेको जानकारी दिए ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment