गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता हुँदै

डिसी नेपाल
३ कार्तिक २०८० १४:१६
44
Shares

काठमाडाैं। तेस्राे वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता कात्तिक १८ गतेदेखि काठमाडौंमा आयोजना हुने भएको छ।

वीर गणेशमान सिंह फउन्डेसन तथा वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता कात्तिक १८ गतेदेखि २५ गतेसम्म हुने जानकारी गराएको हो।

प्रतियोगितामा सिनियर, भेट्रान र जुनियरमा गरी जम्मा २३ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक कमिटीका संयोजक सन्जिव तुलाधरले जानकारी दिए। सिनियरमा ४, भेट्रानमा ७ र जुनियरमा १२ स्पर्धामा खेल हुनेछ।

सिनियर र भेट्रानमा गरी जम्मा ९ लाख ५ हजार नगद पुरस्कार रहेको आयोजकले जनाएका छ। गत संस्करण भन्दा पुरस्कार राशीमा २ लाख ५ हजार बृद्धि गरिएको छ।

जुनियरमा भने प्रोत्साहन स्वरुप गिफ्ट ह्याम्पर प्रदान गरिने गणेशमान सिंह फाउन्डेसनका बोर्ड सदस्य भाष्करमान सिंहले जानकारी दिए।

नेपाल टेनिस संघको प्राविधिक सहयोगमा हुने प्रतियोगिता सञ्चालन गर्न करिब ३५ लाख रुपैयाँ खर्च हुने बताइएको छ। आठदिने प्रतियोगिताका खेलहरु सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *