नेपाल र जापानको खेल वर्षाका कारण रोकियो

डिसी नेपाल
४ कार्तिक २०८० ११:३१
1.9k
Shares

काठमाडौं। मलेसियामा जारी एसिसी यु-१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको सेमिफाइनलमा नेपाल र जापानबीचको खेल वर्षाका कारण रोकिएको छ।

खेलको २५ ओभर सुरु हुँदा वर्षाका कारण खेल राकिएको हो। नेपालले दुई विकेट गुमाएर एक सय ४० रनको योगफल बनाएको छ। नेपालका लागि दीपक बोहोराले ७९ रन जोडेका छन्। उनले ७० बलमा १० चौका र दुई छक्काको मद्दतमा ७९ रन बनाएका हुन्।

त्यस्तै दीपक र आकाश त्रिपाठीले दोस्रो विकेटका लागि ९३ रनको साझेदारी गरेका थिए। अर्जुन कुमाल १० रनमा आउट भए। हाल क्रिजमा आकाश त्रिपाठी र कप्तान देव खनाल छन्। आकाशले ३५ रन बनाएका छन् भने देवले आठ रन जोडेका छन्।

यस खेलको विजेता यही कात्तिक ७ गते हुने फाइनल खेलका लागि छनोट हुनेछ। प्रतियोगिताको शीर्ष तीन टोलीले पाकिस्तानमा हुने यु–१९ एसिया कप खेल्नेछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *