छैटौँ बेलबारी गोल्डकपको उपाधी ब्रिगेडलाई

डिसी नेपाल
५ कार्तिक २०८० १३:४९

मोरङ। छैटौँ बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधी ललितपुरको टोली ब्रिगेड ब्वाइज क्लबले चुमेको छ । झापाको बिर्तामोड युथ क्लवलाई ट्राइबेकर ५–३ गोल अन्तरले पछि पार्दै ब्रिगेडले उपाधी चुमेको हो ।

ब्रिगेडले उपाधीसँगै आठ लाख नगद र ट्रफी प्राप्त गर्यो भने बिर्तामोड झापाले रु पाँच लाख र ट्रफीमा चित्त बुझायो । बिजेतालाई युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले पुरस्कार प्रदान गरेका छन्।

निशान तामाङ ट्राइबेकरमा चुक्दा बिर्तामोड उपाधीबाट बिमुख भएको हो । खेल सुरु भएको दुई मिनेटमै बिर्तामोडले गोल गर्दै अग्रता कायम गरेको थियो । ब्रिगेडका डिफेन्सले गरेको गल्तीको फाइदा उठाउँदै झापाका अभिषेक गुरुङले गोल गरेका थिए ।क्रमक खेल खेलेपनि थप गोल हुन नसक्दा खेल ट्राइबेकरतर्फ धकेलिएको थियो ।

ट्राइबेकरमा ब्रिगेडका रोशन राना, एन्जल महर्जन, दीपेश आले, अनिश तामाङ र जय गुरुङले गोल गर्दा बिर्तामोडका योगेश गुरुङ, विशाल दर्जी र विक्रम लिम्बुले गोल गरे । बिर्तामोडका निशान तामाङको प्रहार ब्रिगेडका गोल रक्षक विशाल सुनारले बचाएका थिए ।

उनी उत्कृष्ट गोलकिपर समेत भए । बिधागततर्फ पनि ब्रिगेडले कब्जा जमायो । ब्रिगेडका जय गुरुङ उत्कृष्ट खेलाडीमा, डिफेन्स पद्म भट्टराई, हाइ स्कोरर दीपेश, उत्कृष्ट कोच धनेश्वर प्रजापती घोषित भए ।

खेलको म्यान अफ द म्याच बिर्तामोडका अभिषेक गुरुङ, उत्कृष्ट फरवर्ड बिर्तामोडका आशीष चापागाईं, उत्कृष्ट मिडफिल्डर बिर्तामोडका रोहन कार्की घोषित भए । उदयमान खेलाडी आयोजकका दुर्गा राई घोषित भए । कोशी प्रदेशमा नियमित हुने बेलबारी गोल्डकपमा नेपाल र भारतका आठ टोली सहभागी थिए । असोज २६ देखि गोल्डकप सुरु भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *