प्रिमियर कप फाइनलः नेपालद्वारा यूएई सामू २८१ रनको लक्ष्य प्रस्तुत

डिसी नेपाल
७ कार्तिक २०८० १२:२३

काठमाडौँ। एसिसी यू १९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा नेपालले यूएई सामू दुई सय ८१ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

मलेसियाको बायोमास ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा दुई सय ८० रन बनायो । नेपालका लागि देव खनालले सर्वाधिक एक सय रनको महत्वपूर्ण योगदान दिए । उनले ९२ बल खेल्दै ९ चौका र ३ छक्का प्रहार गरे ।

त्यस्तै उत्तम थापा मगरले ५७ रन जोडे भने अर्जुन कुमालले ५५ रन बनाए । अर्जुन र देवले तेस्रो विकेटका लागि एक सय २५ रनको उत्कृष्ट शतकीय साझेदारी गरे । दीपक डुम्रेले २८ रन बनाए भने दीपेश कँडेलले १०, दीपक बोहराले पाँच, हेमन्त धामीले सात तथा विशाल विक्रम केसी तीन रनमा आउट भए ।

यूएईका लागि हरित शेठ्ठीले पाँच विकेट लिए भने कप्तान आयन खानले दुई विकेट लिए । यूएई अहिले जवाफी व्याटिङमा उत्रेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *