एकदिवसीय विश्वकप क्रिकेट : आज अष्ट्रेलिया र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुने
काठमाडौं। आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज अस्ट्रेलिया र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ। खेल दिउँसो सवा २ बजे भारतको दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा हुनेछ।
आजको खेलमा अष्ट्रेलिया तेस्रो जितको खोजीमा रहँदा नेदरल्यान्ड्स दोस्रो जित निकाल्ने प्रयासमा हुनेछ। जारी विश्वकपमा दुवै टोलीले आज पाँचौँ खेल खेल्दैछन्। अहिलेसम्मका चार खेलमा अष्ट्रेलियाले दुईमा जित र दुईमा हार बेहोरेको छ भने नेदरल्यान्ड्सले तीनमा हार र एकमा जित निकालेको छ।
यी दुई टोलीबीच हालसम्म सन् २००३ र २००७ मा एकदिवसीय खेल भएको छ। दुवैमा अस्ट्रेलियाले जित हात पारेको छ।
अस्ट्रेलियाले पछिल्लो ५ एकदिवसीय अन्तर्राष्ट्रिय मध्ये ३ खेलमा जीत र २ खेलमा हार बेहोरेको छ । यता नेदरल्याण्ड्सले पछिल्ला ५ मध्ये ४ खेलमा हार बेहोरेको छ भने १ खेल मात्र जितेको छ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment