आर्सनलद्वारा सेभिया पराजित

डिसी नेपाल
८ कार्तिक २०८० ८:२८

काठमाडौं। युरोपेली च्याम्पियन्स लिग फुटबलमा आर्सनलले दोस्रो जित निकालेको छ।

गएराति भएको समूह ‘बी’ को खेलमा घरेलु टोली सेभियालाई २-१ गोलले हराउँदै आर्सनलले जित निकालेको हो।

आर्सनलका गाब्रियल मार्टिनेली र जेसुसले एक-एक गोल गरेका थिए। यस्तै सेभियाका नेमान्जा गुडेल्जीले एक गोल फर्काएका थिए। यो जितसँगै समूह ‘बी’ मा तीन खेलबाट आर्सनल ६ अंकका साथ शीर्षस्थानमा छ।

पराजित भएको सेभिया २ अंकसहित तेस्रो स्थानमा छ। पाँच अंक भएको लेन्स दोस्रो स्थानमा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *