त्रिकोणात्मक क्रिकेटको फाइनलमा नेपाल र यूएईबीच प्रतिस्पर्धा हुने

डिसी नेपाल
९ कार्तिक २०८० ६:१४

काठमाडौं। त्रिकोणात्मक टी-ट्वान्टी क्रिकेट श्रृङ्खलाको फाइनलमा नेपाल र यूएई खेल्ने भएका छन्। बुधबार भएको खेलमा हङकङले यूएईलाई ६९ रनले हराए पनि रन औसतमा हङकङलाई उछिन्दै यूएईले नेपालसँग फाइनल खेल्ने तय गरेको हो।

फाइनल खेल भाेलि हुनेछ। नेपाल प्रतियोगिताका चारवटै खेल जितेर फाइनलमा पुगेको हो।

मुलपानी मैदानमा २१३ रनको लक्ष्य पाएको यूएईले २० ओभरमा पाँच विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो। यूएईका खालिद शाहले सबैभन्दा धेरै ३५ रन बनाए।

टस जितेर पहिलो ब्याटिङ गरेको हङकङले २० ओभरमा तीन विकेट गुमाएर २१२ रन बनाएको थियो। उसका मार्टिन कोट्जीले ८६, बाबर हायातले अविजित ६० र अंशुमान रथले ४१ रन बनाए। प्रतियोगितामा हङकङ र यूएईको समान २-२ अंक भए पनि रन औसतमा यूएई फाइनल पुगेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *