युरोपेली च्याम्पियन्स लिग : बार्सिलोनाको लगातार तेस्रो जित

डिसी नेपाल
९ कार्तिक २०८० ८:२१

काठमाडौं। युरोपेली च्याम्पियन्स लिग फुटबलमा समूह ‘एच’ मा रहेको स्पेनिस क्लब बार्सिलोनाले लगातार तेस्रो जित निकालेको छ। गएराति भएको खेलमा युक्रेनी क्लब सख्तर डोनेस्कलाई २-१ गोलले हराउँदै बार्सिलोना विजयी भएको हो।

बार्सिलोनाका फेरान टोरेस र फिरमिनले एक’एक गोल गरेका थिए मने सख्तर डोनेस्कका होरोइ सुडोकोभले एक गोल फर्काएका थिए। बार्सिलोनाका टोरेसले खेलको २८औँ मिनेटमा टोलीलाई अग्रता दिलाएका थिए भने ३६औँ मिनेटमा फेरमिनले गोल गर्दै खेललाई २-० को अवस्थामा पुर्‍याएका थिए । यस्तै, ६२औँ मिनेटमा सख्तरका सुडोकोभले एक गोल फर्काएका थिए ।

त्यसपछि दुवै तर्फबाट थप गोल नहुँदा बार्सिलोना २–१ गोलले विजयी भयो । यो जितसँगै बार्सिलोना तीन खेलबाट ९ अंकका साथ सहूको शीर्षस्थानमा रहेको छ । यसैगरी, पोर्टो ६ अंकसहित दोस्रो, सख्तर तीन अंकसहित तेस्रो र रोयल एन्टवार्प बिना अंक पुछारमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *