नेपालले यूएईलाई दियो १६३ रनको लक्ष्य

डिसी नेपाल
१० कार्तिक २०८० १३:१०

काठमाडौं। त्रिकोणात्मक टी-२० अन्तरराष्ट्रिय क्रिकेट सिरिजको उपाधि जित्न नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई १६३ रनको चुनौती दिएको छ।

कीर्तिपुरस्थित त्रिविवि क्रिकेट मैदानमा जारी  खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १६२ रनको योगफल बनायो।
नेपालका लागि कुशल भुर्तेलले अर्धशतक बनाए। उनले २८ बलमा ३ छक्का र ६ चौकाको मद्दतमा सर्वाधिक ५० रन बनाएका हुन्। त्यस्तै, करण केसीले अविजित २३ रन बनाए। उनले १७ बल खेल्दै दुई चौका र एक छक्काको मद्दतमा २३ रन जोडेका हुन्।
दीपेन्द्रसिंह ऐरीले १५ बलमा १ चौका र १ छक्काको मद्दतमा २० रन जोड्दै आउट भए। कप्तान रोहितकुमार पौडेल १७ बलमा १ चौकासहित १८ रन जोड्दै आउट भए।
त्यस्तै, आसिफ शेख ७ रनमा आउट भए। उनले १२ बल खेल्दा १ चौकाको मद्दतमा ७ रन जोडेका हुन्। कुशल मल्ल १ रनमा आउट हुँदा सोमपाल कामीले १३, सन्दीप जोराले १० तथा गुल्सन झाले ५ रन बनाए।
बलिङतर्फ युएईका आयन अफ्जल खान एक्लैले तीन विकेट लिए भने जाहुर खान र अली नासिरले समान दुई/दुई विकेट झारे। त्यस्तै, जुनैद शिद्धिकीले एक विकेट लिए । युएई अहिले जवाफी ब्याटिङमा उत्रेको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *