विश्वकप क्रिकेट : अष्ट्रेलियासँग न्युजिल्याण्ड पराजित

डिसी नेपाल
११ कार्तिक २०८० १८:५९

काठमाडौं । भारतमा जारी आईसीसी क्रिकेट विश्वकप अन्तर्गत आज भएको खेलमा अष्ट्रेलियाले न्युजिल्याण्डलाई पराजित गरेको छ । धर्मशालामा भएको खेलमा अष्ट्रेलियाले न्युजिल्याण्डलाई ५ रनले पराजित गरेको हो ।

३८९ रनको लक्ष्य पाएको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३८३ रन बनायो । न्युजिल्याण्डका रचिन रविन्द्रले शतकीय पारी खेले । उनले ८९ बलमा ९ चौका र ५ छक्काको मद्दतमा ११६ रन बनाए । यस्तै ड्यारियल मिचेलले ५४ तथा जिमी निशामले ५८ रन बनाए । अष्ट्रेलियाका एडाम जाम्पाले ३ तथा जोश हेजलवुड र प्याट कमिन्सले २/२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले विस्फोटक ब्याटिङ गर्दै ३८८ रन बनाएको थियो । त्यसका लागि ट्राभिस हेडले ६७ बलमा १०९ रन बनाए । उनले १० चौका र ७ छक्का प्रहार गरे । यस्तै डेभिड वार्नरले ६५ बलमा ८१ रन बनाए । न्युजिल्याण्डका ग्लेन फिलिप्स र ट्रेन्ट बोल्टले ३/३ विकेट लिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *