नेपालले सिंगापुरविरुद्ध बलिङ गर्दै
काठमाडौं। आइसिसी ट्वान्टी २० विश्वकप एसिया छनोट अन्तर्गत आज हुन गइरहेको उद्घाटन खेलमा नेपालले सिंगापुरविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट क्रिकेट मैदानमा अहिले भएको टसमा सिंगापुरका कप्तान अरित्र दत्तले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन्। यससँगै नेपाललले अब पहिला फिल्डिङ गर्ने भएको हो।
नेपालले सन् २०२४ पछि विश्वकप खेल्ने लक्ष्यमा रहेको छ। त्यस्तै नेपाल सिंगापुरलाई पराजित गर्दै प्रतियोगिताको उद्घाटनमा सुखद् सुरुआत गर्न चाहन्छ। यसअघि नेपाल र सिंगापुरबीच चार ट्वान्टी २० अन्तर्राष्ट्रिय खेल भएको छ जसमा नेपाल र सिंगापुरले समान एक एक जित निकाल्दा दुई खेल वर्षाको कारण रद्द भएको थियो।
नेपालको प्लेइङ ११ मा कप्तान रोहित पौडेलसहित आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, सन्दीप लामिछाने अभिनाश बोहरा छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment