इजरायली बन्धकहरूलाई रिहा गर्न हमासको प्रस्ताव, नेतान्याहुले के भने ?

डिसी नेपाल
१३ कार्तिक २०८० ११:३२
72
Shares

काठमाडौं । गाजा पट्टीमा अक्टोबर ७ देखि इजरायलसँगको द्वन्द्व सुरु भएपछि पहिलो पटक हमासका नेता याह्या सिनवारले इजरायली बन्धकहरूलाई रिहा गर्ने विषयमा प्रतिक्रिया दिएका छन्।

सिनवारले गाजामा बन्धक बनाइएका इजरायली नागरिकहरूलाई रिहा गर्न सक्ने बताएका छन् । यसका लागि इजरायलले आफ्नो जेलमा रहेका हमासका बन्दीहरूलाई रिहा गर्नुपर्ने उनले बताए ।

हमासको आधिकारिक वेबसाइटमा एक विज्ञप्ति जारी गर्दै भनिएको छ, “हामी यी बन्धकहरूलाई तुरुन्त रिहा गर्न तयार छौं, तर यसका लागि जियोनिष्ट शत्रुले कब्जामा लिएका हमासका मानिसहरू र इजरायल विरुद्धको प्रतिरोध आन्दोलनमा भाग लिनेहरूलाई रिहा गरिनुपर्छ।”

अर्कोतर्फ इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासको यो प्रस्तावबारे आफ्नो युद्ध मन्त्रिपरिषद्मा छलफल भएको बताएका छन् । यद्यपी उनले यसबारे विस्तृत जानकारी भने दिएनन् ।

बेन्जामिनले मात्र यति भने – यसले उल्टो प्रभाव पार्न सक्छ। यसैबीच, गाजामा इजरायलको भूमि हमलाको समाचार बाहिर आउन थालेपछि बन्धकहरूका परिवारमा बेचैनी बढ्दै गएको छ।

इजरायली सरकारमाथि बन्धकहरूको परिवारको दबाब बढ्दै गएको छ। उनीहरूले हमासद्वारा बन्दी बनाएका आफ्ना परिवारका सदस्यहरूलाई तत्काल रिहा गराउन चाहन्छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *