मेसीले जिते कीर्तिमानी आठौं पटक बालोन डी’ओर अवार्ड

डिसी नेपाल
१४ कार्तिक २०८० ८:३१
512
Shares

काठमाडौं। अर्जेन्टिनी स्टार फुटबलर लियोनल मेसीले फुटबलको सर्वाधिक प्रतिष्ठित अवार्ड बालोन डी’ओरको अवार्ड जितेका छन्।

फ्रान्सको पेरिसमा सम्पन्न अवार्ड समारोहमा मेसीलाई अवार्ड प्रदान गरिएको हो। ३६ वर्षीय मेसीले कीर्तिमानी आठौं पटक अवार्ड जित्न सफल रहे। मेसीकै कप्तानीमा तथा सानदार प्रदर्शनमा अर्जेन्टिनाले फिफा विश्वकप जितेको थियो।

हाल अमेरिकन क्लब इन्टर मियमीमा आवद्ध रहेका मेसीले यसअघि २००९, २०१०, २०११, २०१२, २०१५, २०१९ र २०२१ मा यो अवार्ड जितेका थिए।

यस्तै, स्पेनिस फुटबलर अइटाना बोनमाटीले महिलातर्फको बालोन डी’ओर अवार्ड हात पारिन्। स्पेनलाई महिला विश्वकपको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेकी २५ वर्षीया बोनमाटी विश्वकपकै उत्कृष्ट खेलाडी समेत बनेकी थिइन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *