आइसीसी टी-२० : नेपालले लियो ओमानको दुई बिकेट
काठमाडौं। नेपालले ओमानको दुई बिकेट लिन सफल भएको छ। त्रिभुवन विश्वबिद्यालय कीर्तिपुरमा जारी खेलमा नेपालले दुई बिकेट लिएर दोस्रो सफलता हासिल गरेको हो।
आइसिसी टी-२० विश्वकप एसिया क्षेत्रको फाइनल छनोटअन्तर्गत त्रिवि क्रिकेट मैदानमा जारी ओमानविरुद्धको खेलमा नेपालले खेल सुरु भएको आधा घन्टा भित्रमा नै दुई बिकेट लिन सफल भएको हो।
जसअनुसार सोमपाल कामीले नेपालका लागि दोस्रो विकेट लिएका हुन् भने पहिलो बिकेट करण केसीले लिएका थिए।
टस हारेर पहिला ब्याटिङ थालेको ओमानले १ ओभरमा १ विकेट गुमाउँदै ८ रन बनाएको थियाे भने ओमानले ४ ओभरमा २ विकेट गुमाउँदै २५ रन बनाएकाे छ। खेल जारी छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment