खेल सुरु एक घन्टा अगावै मुलपानी मैदान फ्यानहरू भेला (फाेटाेफिचर)
काठमाडौं। नेपाल र संयुक्त अरब इमिरेटस् (युएइ) का बीचमा केहीबेरमा प्रतिस्पर्धा सुरु हुँदैछ। आइसीसी टी-२० विश्वकपमा छनोट प्रतियोगिता अन्तर्गत आज नेपालले यूएईसँग मैदानमा उत्रन लागेको हो।

सो खेल मुलपानीस्थित क्रिकेट मैदानमा हुनेछ। खेल ठिक बिहान ११ बजे देखि सुरु हुने आयोजकले जनाएको छ।
तर, खेल सुरु हुनु अघि नै टिकट ‘सोल्ड आउट’ भइसकेको छ भने नेपाली फ्यानहरु एक घन्टा अघि नै क्रिकेट मैदानमा पुगेका छन्। जसको तस्विर नेपाल क्रिकेट संघले सार्बजनिक गरेको छ।

यसअघि क्यानले मुलपानी मैदानको सुन्दर तस्विर सार्बजनिक गरेको थियो।

आफ्नो ट्विटर ह्यान्डलबाट दुई तस्विर सार्बजनिक गर्दै क्यानले भनेको छ, ‘रोमाञ्चक मुलपानी क्रिकेट मैदान, बहुप्रतिक्षित आइसीसी पुरुष टी-२० विश्वकप फाइनल एशिया सेमिफाइनल नेपाल र युएई बीच भिडन्तको लागि तयार छन्।’

No ads found for this position


डिसी नेपाल
Facebook Comment