भूकम्प पीडितलाई सुदुरपश्चिम सरकारको १ करोड सहयोग, २० जना चिकित्सकको टोली पठाउँदै

डिसी नेपाल
१८ कार्तिक २०८० १३:११

धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले जाजरकोट भूकम्प प्रभावितलाई राहतको लागि एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।

शनिबार बसेको आकस्मिक मन्त्रिपरिषद बैठकले जाजरकोट र रुकुम पश्चिमका भुकम्प पीडितलाई एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।

मुख्यमन्त्री कमलबहादुर शाहका अनुसार गएराति जाजरकोट जिल्लालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पको कारण ठुलो धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै सहयोग गर्ने निर्णय गरिएको बताए ।

उनका अनुसार प्रदेश सरकारले कर्णाली प्रदेश सरकारलाई सहायता पुग्ने गरी तत्काल रु १ करोड प्रदान गर्ने तथा स्वास्थ्य सामाग्रीसहित २० जनाको चिकित्सक टोली आजै  भुकम्प प्रभावित क्षेत्रमा पठाउनेसमेत निर्णय गरेको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *