टाइमआउट भएपछि म्याथ्युज बंगलादेशी कप्तानप्रति आक्रोशित, भने– ‘यो लाजमर्दो कुरा हो’
काठमाडौं । सोमबार भएको श्रीलंका र बंगलादेशबीचको खेलमा श्रीलंकाका अलराउन्डर एन्जेलो म्याथ्युजको टाइम आउट सबैभन्दा बढी चर्चाको विषय भएको थियो ।
श्रीलंकाको इनिङ्समा २४.२ ओभरपछि एन्जेलो म्याथ्युज क्रिजमा आए । एन्जेलो म्याथ्युज क्रिजमा आएपछि निहुरेर क्रिजमा कोरिएको सेतो रेखा छोए र निधारमा हात राखे । त्यसपछि हेलमेटको स्ट्रयाप ताने।
स्ट्रयापमा केही समस्या थियो र त्यो चुँडियो। उनले आफ्नो हेलमेट फुकाले र पभेलियनतिर इशारा गरे। उनले अर्को हेल्मेट ल्याउन भनेका थिए ।
यसैबीच बंगलादेशका कप्तान शाकिब अल हसनले मुस्कुराउँदै अम्पायरलाई टाइम आउटका लागि अपिल गरेका थिए । यसपछि म्याथ्युज आउट घोषित भए । यसैलाई लिएर म्याथ्युज बंगलादेशको टोली र शाकिब अल हसनमाथि रिसाए ।
खेलपछि आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘आजभन्दा अघि म शाकिब र बंगलादेशलाई धेरै सम्मान गर्थें तर अब त्यो गर्न सक्दिन । मैले समय बर्बाद गरिनँ। म क्रिजमा आएको सबैले देखे तर मेरो हेल्मेटको स्ट्र्याप चुँडियो ।”
“यो बिग्रेको सामानको मामला थियो। शाकिब र बंगलादेशको यो कार्य लाजमर्दो थियो। यसरी क्रिकेट खेल्नु साँच्चै लाजमर्दो हो। मलाई लाग्दैन बंगलादेश बाहेक अरु कुनै टोलीले यस्तो गरेको होला।”
“मैले साकिबलाई अपील फिर्ता लिन पनि भनेको थिए तर उनले स्पष्ट रूपमा अस्वीकार गरे। हामीसँग भिडियो प्रमाण छ कि म समयमै क्रिजमा आएको थिएँ। मसँग पाँच सेकेन्ड बाँकी थियो। यदि यसपछि मेरो हेलमेटमा समस्या छ भने, म के गर्न सक्छु? यो खेलाडीको सुरक्षाको प्रश्न हो । स्पिनर भए पनि हेलमेट बिना कसरी खेल्ने ? जब विकेटकिपरले हेल्मेट नलगाई स्पिनरको बिरूद्ध विकेटको नजिकै बसेनन्, तब म कसरी ब्याटिङ गर्थें ।”
शाकिब अल हसनले पनि यस विषयमा बयान दिएका छन् । उनले भने, ‘हाम्रा एक फिल्डर मकहाँ आए र मैले अपिल गरे एन्जेलो आउट हुनेछन् भने । अम्पायरले पनि मलाई सोधे कि म साँच्चै गम्भीर छु ? यो नियम हो। मलाई थाहा छैन यो सही वा गलत हो। ”
No ads found for this position


डिसी नेपाल
Facebook Comment