टी–२० खेल्ने टोलीलाई पुरस्कृत गर्ने निर्णय
काठमाडौँ । अमेरिका र वेस्ट इन्डिजले आगामी वर्ष संयुक्त रुपमा आयोजना गर्ने विश्वकप टी–२० क्रिकेट प्रतियोगितामा छनोट हुन सफल नेपाली क्रिकेट टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।
राखेप कार्यकारी समितिका संयोजक एवं सदस्य–सचिव टङ्कलाल घिसिङको अध्यक्षतामा आज बसेको बैठकले नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
बैठकले १५ जना खेलाडी, मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक, व्यवस्थापकसहित १९ जनालाई नगद पुरस्कार पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
यही कात्तिक १७ गते मुलपानी क्रिकेट मैदानमा भएको आइसिसी पुरुष टी–२० विश्वकपको एसिया क्षेत्र छनोट सेमिफाइनल खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई आठ विकेटले पराजित गर्दै विश्वकपमा स्थान बनाएको थियो ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment