चीनले अमेरिकासँग सम्बन्ध सुधार्ने संकेत दियो, उपराष्ट्रपतिले भने– ‘सबै तहमा वार्ताका लागि तयार’

डिसी नेपाल
२३ कार्तिक २०८० १२:०१
96
Shares

काठमाडौं । चीनले अमेरिकासँगको सम्बन्ध सुधार गर्न चाहेको संकेत गरेको छ । पछिल्ला वर्षहरूमा दुई देशबीचको सम्बन्धमा तनाव उत्पन्न भएको छ ।

चीनका उपराष्ट्रपति हान झाङले सिंगापुरमा आफ्नो देश हरेक तहमा वार्ताका लागि तयार रहेको बताएका छन् ।

अपुष्ट रिपोर्टहरूका अनुसार चिनियाँ राष्ट्रपति सी जिनपिङले अर्को हप्ता सान फ्रान्सिस्कोमा अमेरिकी राष्ट्रपति जो बाइडेनलाई भेट्न सक्नेछन्।

यस वर्ष अमेरिकाले आफ्ना धेरै उच्च अधिकारीहरूलाई चीन भ्रमणमा पठाएको छ। यी भ्रमणहरूमार्फत अमेरिका चीनसँगको सम्बन्ध सुधार्न चाहन्छ भन्ने सङ्केत गर्ने प्रयास गरिएको छ।

चीन र अमेरिकाबीचको सम्बन्धमा अवरोध आउनुको मुख्य कारण व्यापार, सुरक्षा र मानवअधिकार जस्ता मुद्दा हुन्। यिनै विषयका कारण दुई देशबीचको सम्बन्ध सुधारमा बाधा आइरहेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *