दक्षिणी गाजामा समुद्री किनारमा सुरक्षित क्षेत्र बनाइने, नेतान्याहुका सल्लाहकारले अरू के भने?

डिसी नेपाल
२३ कार्तिक २०८० १५:२३
72
Shares

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका सल्लाहकार मार्क रेगेभले रफाह क्रसिङ नजिकैको दक्षिणी गाजामा भूमध्यसागरको छेउछाउका क्षेत्रहरूमा ‘सुरक्षित क्षेत्र’ बनाइने बताएका छन्।

रेगेभले बीबीसी न्यूज च्यानललाई भनेअनुसार इजरायलले नागरिकको मृत्यु कम गर्न सक्दो प्रयास गरिरहेको छ।

यसका लागि इजरायली सेनाले उत्तरी गाजा छोडेर दक्षिणी गाजा जान मानिसहरूलाई आग्रह गरिरहेको उनले बताए।

दक्षिणी क्षेत्रमा हवाई बमबारीका कारण प्यालेस्टिनीको मृत्यु भएकोमा उनले उत्तरको तुलनामा दक्षिणमा कम हिंसा भएको बताए । उत्तरमा हमाससँग इजरायली सेनाको संघर्ष जारी छ।

रेगेभले भूमध्यसागरको नजिक खान युनिसको पश्चिममा अल मावासीमा विशेष मानवीय क्षेत्र निर्माण भइरहेको बताए।

उनका अनुसार, “यो भूमध्यसागरको तट नजिकैको सुरक्षित क्षेत्र हुनेछ जहाँ हमासको कुनै पूर्वाधार छैन। हामी मानवीय सुरक्षित क्षेत्र बनाउने कुरा गरिरहेका छौं जहाँ फिल्ड अस्पताल हुनेछ।”

यो क्षेत्र इजिप्ट जाने रफाह क्रसिङको नजिक भएकोले यहाँ मानवीय सहायता पनि सजिलै पुग्न सक्ने उनले बताए ।

गत हप्ता, सयौं विदेशी नागरिक र घाइते प्यालेस्टाइनीहरू गाजाबाट रफाह हुँदै भाग्न सफल भएका छन्, जबकि यस अवधिमा केही मानवीय सहायतालाई पनि गाजामा प्रवेश गर्न अनुमति दिइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *