इजरायलले गाजाका जनतालाई उत्तरी क्षेत्रबाट भाग्नका लागि हरेक दिन ४ घण्टाको सैन्य विराम दिने
काठमाडौं । इजरायलले उत्तरी गाजाबाट सर्वसाधारणलाई दक्षिणी गाजातर्फ भाग्न दिनको लागि युद्धमा हरेक दिन चार घन्टा सैन्य पज दिन सहमत भएको अमेरिकाले जनाएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजाका मानिसहरूलाई भाग्न दिइएको यो रोक ‘सही दिशामा चालिएको कदम’ भएको बताएका छन्।
अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले बीबीसीलाई भनेका छन् ‘अमेरिकाले इजरायलसँग यस्तो सैन्य विरामको अवधि लम्ब्याउन वार्ता जारी राख्नेछ। गाजामा बन्धकहरूलाई मुक्त गर्न सुरक्षित मार्ग सुनिश्चित गर्न लामो सैन्य विराम आवश्यक पर्ने उनीहरूले बताएका छन्।’
बीबीसी संवाददाता पाउल एडम्सका अनुसार गाजामा रहेका करिब २४० इजरायली बन्धकहरूलाई रिहा गर्ने विषयमा केही सातादेखि वार्ता चलिरहेको छ र उनीहरुलाई रिहा गर्न कस्तो सम्झौता गर्ने भन्ने विषयमा छलफल भइरहेको छ ।
प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयका अनुसार वेस्ट बैंकमा पनि झडप भएको छ र जेनिन शरणार्थी शिविरमा इजरायली आक्रमणमा १४ प्यालेस्टाइनीको मृत्यु भएको बताइएको छ।
इजरायली सेनाले गाजामा हवाई र जमिन हमला गरिरहेको छ र बिहीबार आइडीएफले हमासका १३० वटा सुरुङ ध्वस्त पारेको दाबी गरेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment